कतार विश्वकप छनौट : आज राति बोलिभिया र अर्जेन्टिना भिड्दै

काठमाडौं, असोज २७
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलअन्तर्गत अहिले साउथ अमेरिकन क्षेत्रमा छनौट खेल जारी छन् । त्यसअन्तर्गत साउथको समयअनुसार आज राति र नेपाली समयअनुसार बुधबार बिहान एकैपटक ५ खेल हुँदैछन् ।

आज हुने यी खेलमध्ये एक महत्त्वपूर्ण खेल बोलिभिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल बोलिभियाको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । यो खेलका लागि बोलिभियाले लिओनल मेस्सीको टिम अर्जेन्टिनालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ ।

यसअघि भएको पहिलो खेलमा अर्जेीन्टनाले इक्वेडरमाथि आफ्नो घरमा १–० को साँघुरो जित निकालेको थियो भने बोलिभिया ब्राजिलसँग उसकै घरमा ५–० ले हारेको थियो । आज राति आफ्नो घरमा उत्रिँदा बोलिभिया यसअघि ब्राजिलसँग भोगेको नमिठो हार भुलाउन अर्जेन्टिनामाथि जितको दाउमा छ ।

यता, मेस्सीको टिम अर्जेन्टिना लगातार दोस्रो जितको लक्ष्य लिएर बोलिभियाको घरमा उत्रिनेछ । आज राति अर्जेन्टिनाको टोलीमा पाउलो डिबाला टोलीमा छैनन् । पहिलो खेलमा पनि फिट नरहेकाले नखेलेका उनी आज रातिको खेल खेल्ने सुरुआती टोलमी छैनन् । तर, अर्जेन्टिनासँग मेस्सीसँगै लौटारो मार्टिनेज भने उपलब्ध छन् ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ०६:२८
Loading...