प्रिमियर लिगमा आज म्यानचेस्टर सिटी र टोटनह्यामको खेल हुँदै

काठमाडौं, असार ८
इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुँदैछन् । जसमा उपाधि दाबेदार टिम म्यानचेस्टर सिटी र टोटनह्यामले आ–आफ्नो खेल खेल्दैछन् । आज यी दुवै टिमका खेल महत्तवपूर्ण हुनेछन् ।

आज हुने पहिलो खेलमा साँझ ६ः४५ बजेबाट बोर्नेमाउथ र म्यानचेस्टर सिटीको भिडन्त हुँदैछ । यो खेलका लागि सिटी बोर्नेमाउथको घरेलु मैदानमा उत्रिँदैछ ।

आज हुने दोस्रो खेलमा राति ९ः१५ बजेबाट टोटनह्याम र न्यु क्यास्टल भिड्दैछन् । यो खेलका लागि टोटनह्यामले न्यु क्यास्टललाई आफ्नो घरेलु मैदानमा आतिथ्यता दिँदैछ ।

आज हुने अन्तिम खेलमा उल्भ्स र बर्नलीको भेट हुनेछ । राति ९ः१५ बजेबाट हुने सो खेल उल्भ्सको घरेलु मैदानमा हुनेछ । यी खेल सकिएपछि तेस्रो साताका सबै खेल सकिनेछन् ।

प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार १०:०८
Loading...