खेलपछि रोनाल्डोलाई ‘आइडल’ भन्दै एमबाप्पेद्वारा फोटो सेयर

काठमाडौं, असोज २६
युइएफए नेसन्स लिग फुटबलमा गत राति पोर्चुगल र फ्रान्को खेल भयो । फ्रान्सको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक सो खेल गोलरहित ०–० को बराबरीमा सकियो । सो खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सका युवा स्टार केलियन एमबाप्पे पहिलोपटक अन्तर्राष्ट्रिय फुटबलमा एकअर्काविरुद्ध खेलेका थिए ।

गत रातिको खेलपछि फ्रान्सका एमबाप्पेले रोनाल्डोसँगका तस्बिर सामाजिक सन्जालमार्फत् सार्वजनिक गरेका छन् । पहिलो हाफ सकिएर दोस्रो हाफको खेल सुरु हुनुअघि मैदानमा रोनाल्डो र एमबाप्पेले केही समय भेटेर कुरा गरेका थिए । ठट्यौली पाराले कुरा गर्दै उनीहरूले अंकमाल गरेर छुटेका थिए ।

खेलपछि एमबाप्पेले रोनाल्डोसँग मैदानमा कुराकानी गर्दाका तस्बिर पोस्ट गर्दै रोनाल्डो आफ्नो आइडल रहेको बताएका छन् । उनले रोनाल्डोसँगका दुई सुन्दर रोनाल्डोलाई मेन्सन गर्दै तस्बिरसँगै ‘आइडल …..’ लेखेका छन् । उनले सो पोस्टमार्फत् रोनाल्डो आफ्नो आइडल रहेको बताएका छन् ।

मैदानमा रोनाल्डो र एमबाप्पे भेट हुँदा निकै खुलेर प्रेमिल ढंगले कुरा गरेका थिए । अन्तिममा रोनाल्डोले एमबाप्पेलाई धाप मारेर माया दर्शाउँदै छुटेका थिए । त्यसको केहीबेर पछि रोनाल्डो र एमबाप्पेले त्यसरी भेटेका तस्बिर र भिडियो फुटेज भाइरल बनिहाले ।

त्यत्ति मात्रै है, रोनाल्डो र एमबाप्पेले खेलपछि पनि भेटेर केहीबेर कुरा गरेका थिए । केहीबेर कुरा गरेपछि उनीहरूले अंकमाल गर्दै छुटेका थिए । अब पोर्चुगल र फ्रान्सको दोस्रो लेगको खेल फ्रान्सको घरमा हुनेछ ।

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार ०५:११
Loading...