फ्रान्स भर्सेस पोर्चुगल : पहिलो हाफ बराबरीमा टुंगियो

काठमाडौं, असोज २६
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा अहिले विश्व फुटबलका दुई ठूला टोलीहरू फ्रान्स र पोर्चुगलबीचको खेल जारी छ । फ्रान्सको राष्ट्रिय रंगशाला स्टेड डे स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित ०–० मा सकिएको छ । निकै प्रतिस्र्धात्मक खेलको फस्ट हाफमा दुवै टिमले सीमित गोलका अवसर बनाए पनि गोल निस्कन सकेन ।

घरेलु टोली फ्रान्सको तुलनामा पाहुना टोली पोर्चुगलले खेलमा ज्यादा दबाब बनाएर बल बढी आफ्नो पकडमा राखे पनि उसले फ्रान्सको मजबुत रक्षापंक्ति तोड्न सकेन । खेलको ३३औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले बक्सभित्र एक सहज अवसर पाए पनि उनको प्रहार विपक्षी डिफेन्डरले रोकेपछि फ्रान्स सम्भावित गोल खानबाट बचेको थियो ।

घरेलु टोली फ्रान्सले आफ्नै भूमिमा पोर्चुगलविरुद्ध खुलेर खेल्न सकिरहेको छैन । पोर्चुगलको तुलनामा उसले पहिलो हाफमा थोरै मात्र आक्रमण बुन्न सक्यो ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार १९:१९
Loading...