नेसन्स लिगमा क्रोएसियाले निकाल्यो पहिलो जित : स्वीडेनको लगातार हार

काठमाडौं, असोज २५
लुका मोड्रिडको टिम क्रोएसियाले युइएफए नेसन्स लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । आज आइतबार राति भएको खेलमा क्रोएसियाले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्वीडेनमाथि २–१ को जित निकाल्यो । क्रोएसियाले यसअघिका दुवै खेल हारेको थियो ।

क्रोएसियाका लागि खेलको ३१औं मिनेटमा निकोला भ्लासिचले पहिलो गोल गरेर टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा पाहुना टोली ६६औं मिनेटमा खेलमा फर्कियो । सो गोल मार्कुस बर्गले गरेका थिए ।

प्रतिस्पर्धात्मक खेल बराबरीतर्फ उन्मुख रहेका बेला खेलको ८४औं मिनेटमा क्रोएसियाका लागि आन्द्रे कर्मारिचले गोल गरेपछि खेल क्रोएसियाले २–१ ले जित्यो । अब यो जितपछि क्रोएसियाले ३ खेल सकिँदा पहिलो जित निकाल्दै ३ अंक जोडेको छ । स्वीडेन ३ वटै खेल हारेर सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार १८:१६
Loading...