फ्रान्स र पोर्चुगलको प्लेइङ–११ घोषणा : को–को परे ?

काठमाडौं, असोज २५
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा अबको केहीबेरमा विश्व फुटबलका दुई ठूला टोलीहरू फ्रान्स र पोर्चुगल आमनेसामने हुँदैछन् । समूह चरणको तेस्रो खेल खेल्न फ्रान्सले पोर्चुगललाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

यस खेलका लागि घरेलु टोली फ्रान्स र पाहुना टोली पोर्चुगल दुवैले आ–आफ्नो प्लेइङ सेट घोषणा गरेका छन् । हेभिवेट भिडन्तमा पोर्चुगलको टोलीमा कप्तान क्रिस्टियानो रोनाल्डो, बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, जुआओ फेलिक्ससहितका खेलाडी टोलीमा छन् । यता, फ्रान्सको टोलीमा एन्टोनी ग्रीजम्यान, केलियन एमबाप्पेसहितका खेलाडी छन् ।

 

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार १७:३१
Loading...