नेसन्स लिग : स्वीट्जरल्यान्डमाथि स्पेनको संघर्षपूर्ण जित

काठमाडौं, असोज २५
युइएफए नेसन्स लिग फुटबलमा स्पेनले संघर्षपूर्ण जित निकालेको छ । गत राति स्पेनले आफ्नो भूमिमा भएको खेलमा पाहुना टोली स्वीट्जरल्यान्डलाई १–० ले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पहिलो हाफमा गरेको १ मात्रै गोलको मदतमा जितको नतिजा निकाल्यो ।

खेल सुरु भएको १४औं मिनेटमा मिकेल ओयारजबलले स्पेनका लागि गोल गरेका थिए । रियल सोसिडाडबाट खेल्ने उनले स्वीट्जरल्यान्डका गोलकिपरको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । स्पेनले खेलभरिमा कूल १२ पटक आक्रमण बुन्दा २ पटक मात्रै अन टार्गेट हानेको थियो ।

पहिलो गोल गरेपछि स्पेनले दोस्रो गोल थप्न सकेन भने स्वीट्जरल्यान्डले पनि गोल फर्काउन नसकेपछि खेल स्पेनले १–० ले जित्यो । अब यो जितसँगै स्पेन समूह ‘डीको’ को शीर्ष स्थानमा छ । उसले ७ अंक जोडेको छ । पराजित स्वीट्जरल्यान्ड मात्रै १ अंक बनाएर सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार ०१:३८
Loading...