फातीलाई प्लेयर अफ् द मन्थ अवार्ड

एजेन्सी, असोज २४
स्पेनिस फुटबल क्लब बार्सिलोनाका युवा विंगर अन्सु फातीले ‘प्लेयर अफ् द मन्थ अवार्ड’ जितेका छन् । आज ला लिगाले १७ वर्षका युवा खेलाडीलाई ला लिगाअन्तर्गत सेप्टेम्बर महिनाका लागि उत्कृष्ट खेलाडी घोषित गरेको हो ।

नयाँ सिजन सुरु भइकन फातीले ला लिगामा ३ खेलबाट ३ गोल गरेका थिए । उनले टिमका लागि एक पेनाल्टीसमेत जितेका थिए । यस सेप्टेबर महिनाका लागि उत्कृष्ट खेलाडीका लागि फातीसँगै अन्य ६ खेलाडी मनोनयनमा परेका थिए । जसमा एथ्लेटिको मड्रिडका लुइस स्वारेज पनि थिए ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार १६:२७
Loading...