नेपालमा एकैदिन थपिए ५ हजार ८ सय कोरोना संक्रमित : हालसम्मकै उच्च

काठमाडौं, असोज २४
नेपालमा कोरोना भाइरस संक्रमितको दैनिक संख्यामा रेकर्ड बनेको छ । पछिल्लो २४ घन्टामा देशभरिबाट ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमणमा यो हालसम्मकै उच्च संख्या हो । अब नेपालमा कूल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

नेपालमा अब सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ । यस्तै, मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेका छन् । यता, होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना रहेका छन् ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा नेपालमा १४ जनाको कोरोनाबाट ज्यान गएको छ । अब नेपालमा ज्यान गुमाउनेको कूल संख्या ६ सय १४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंमा मात्रै २ हजार १ सय भेटिएका छन् भने ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ११:०२
Loading...