युइएफए नेसन्स लिगमा आज स्पेन र जर्मनीको खेल हुँदै

काठमाडौं, असोज २४
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज रातिबाट तेस्रो चरणका खेलहरू हुँदैछन् । अघिल्लोपटक अन्तर्राष्ट्रिय ब्रेक हुँदा सुरुआती २ खेल भइसकेका छन् । आजदेखि सबै टिमले समूह चरणका आफ्नो तेस्रो खेल खेल्नेछन् ।

आज तेस्रो चरणका खेल हुँदा पहिलो दिन ७ खेल हुनेछन् । आज हुने खेलमध्ये विश्व फुटबलका शक्ति राष्ट्रहरू स्पेन र जर्मनीले पनि आ–आफ्नो खेल खेल्नेछन् । आजको खेलमा स्पेनले आफ्नो घरेलु मैदानमा स्वीट्जरल्यान्डलाई स्वागत गर्नेछ । उता, जर्मनीलाई युक्रेनले आफ्नो घरमा भित्र्याउँदैछ ।

आज हुने खेल नेपालीमा समयमा 

  1. लक्जेमवर्ग भर्सेस साईप्रस – साँझ ६ः४५ बजे
  2. मोन्टेनेग्रो भर्सेस अजरबैजान – साँझ ६ः४५ बजे
  3. लिच्टेन्सटेइन भर्सेस ग्रीबाल्टार – राति ९ः४५ बजे
  4. फारोए आइसल्यान्ड भर्सेस लाटभिया – राति ९ः४५ बजे
  5. स्पेन भर्सेस स्वीट्जरल्यान्ड – राति १२ः३० बजे
  6. आन्डोरा भर्सेस माल्टा – राति १२ः३० बजे
  7. युक्रेन भर्सेस जर्मनी – राति १२ः३० बजे

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ०५:५७
Loading...