कतार विश्वकप छनौट : कोलम्बिया र भेनेज्वेला भिड्दै

काठमाडौं, असोज २३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि साउथ अमेरिकी जोनमा छनौट खेल सुरु भएका छन् । आज बिहानबाट सुरु भएको छनौट खेलमा ३ खेल भइसकेका छन् । अब शनिबार बिहान पहिलो चरणका बाँकी २ खेल हुनेछन् । यी दुई खेलमध्ये एक खेलमा कोलम्बिया र भेनेज्वेलाको खेल हुँदैछ ।

छनौट चरणको पहिलो खेल खेल्न हामेस रोड्रिग्वेजको टोली कोलम्बियाले भेनेज्वेलालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार भोलि (शनिबार) बिहान ५ः१५ बजेबाट सुरु हुनेछ । भोलि बिहान नै हुने अर्को खेलमा नेपाली समयअनुसार ६ः१५ बजेबाट ब्राजिल र बोलिभियाको खेल पनि हुनेछ ।

यसै समर विन्डोमा स्पेनिस क्लब रियल मडिड छाडेर इंग्लिस क्लब एभर्टनमा अनुबन्ध भएका स्टार खेलाडी हामेस रोड्रिग्वेज पनि यस खेलमा सामेल हुनेछन् । एभर्टनमा डेब्यु खेलबाटै शानदार प्रदर्शन गरिरहेका उनी राष्ट्रिय टिममा पनि सोही लयलाई कायम राख्ने प्रयासमा हुनेछन् । उनले कोलम्यिबाका लागि हालसम्म ७६ खेल खेल्दै २२ गोल गरेका छन् ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार १०:११
Loading...