कतार विश्वकप छनौट : ब्राजिल पहिलो खेलमा बोलिभियासँग भिड्दै

काठमाडौं, असोज २३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि साउथ अमेरिकन जोनका देशरूको आज बिहानबाट छनौट खेल सुरु भएको छ । आज पहिलो दिन ३ खेल भइसकेका छन् । अब भोलि पहिलो चरणका अन्तिम २ खेल हुनेछन् । यस क्षेत्रमा १० देश मात्रै रहेकाले १० टोलीले नै एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

यस क्षेत्रको सबैभन्दा बलियो टिम ब्राजिलले विश्वकपका लागि पहिलो छनौट खेल नेपाली समयअनुसार भोलि बिहान खेल्दै छ । ब्राजिलले पहिलो खेल आफ्नो घरेलु मैदानमा खेल्न बोलिभियालाई स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार शनिबार बिहान ६ः१५ बजेबाट सुरु हुनेछ ।

ब्राजिल र बोलिभिया अन्तिमपटक गत वर्ष भएको कोपा अमेरिका फुटबलको समूह चरणमा खेलेका थिए । ब्राजिलमै भएको सो खेलमा ब्राजिलले ३–० को जित निकालेको थियो । सो खेलको एक वर्षपछि यी दुई टोली भोलि बिहान विश्वकप छनौटमा खेल्न लागेका हुन् ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०६:०३
Loading...