अर्जेन्टिना भर्सेस इक्वेडर : पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि

काठमाडौं, असोज २३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना र इक्वेडर अहिले आफ्नो पहिलो छनौट खेल खेलिरहेका छन् । आफ्नो घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले १–० को अग्रता लिन सफल भएको छ ।

अर्जेन्टिनाले खेल सुरु भएको १३औं मिनेटमै अग्रता लिएको थियो । घरेलु टोलीका लागि कप्तान लिओनल मेस्सीले पेनाल्टीमार्फत् गोल गरेका हुन् । लामो समयपछि राष्ट्रिय टोलीमा फर्किंदा उनले पेनाल्टी गोलमार्फत् गोल गर्दै गोल खुसीयाली मनाए ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०१:१०
Loading...