कतार विश्वकप छनौट : चिलीलाई हराउँदै उरुग्वेको सुखद् सुरुआत

काठमाडौं, असोज २३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा सुरु भएको छनौट खेलमा उरुग्वेले सुखद् सुरुआत गरेको छ । आज शुक्रबार बिहान भएको छनौट चरणको पहिलो खेलमा उरुग्वेले आफ्नै घरेलु मैदानमा पाहुना टोली चिलीमाथि २–१ को को रोमाञ्चक जित निकाल्न सफल भयो ।

घरेलु मैदानमा उरुग्वेले ९० मिनेटपछि थपिएको समयको तेस्रो मिनेटमा विजयी गोल गरेको थियो । बराबरीमा टुंगिन लागेको खेलमा अन्तिम समयमा परिवर्तित खेलाडी म्याक्सी गोमेजले गोल गरेपछि उरुग्वेले घरमा स्पष्ट जित निकालेको हो ।

त्यसअघि खलको ३९औं मिनेमा उरुग्वेका लागि लुइस स्वारेजले पहिलो गोल पेनाल्टीमार्फत् गरेका थिए । उनकै गोलको मदतमा उरुग्वेले पहिलो हाफमा १–० को अग्रता बनााये । तर, दोस्रो हाफमा पाहुना टोली चिली खेलमा फर्कियो । ५४औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेर खेल १–१ बनाए ।

तर, इन्जुरी समयमा उरुग्वेका लागि सब्सिच्युट खेलाडी गोमेजले विजयी गोल गरे । खेलको ८७औं मिनेटमा ब्राइन रोड्रिग्वेजको स्थानमा मैदान छिरेका उनले ५ मिनेटमै गोल गरेपछि उरुग्वेले स्पष्ट रूपमा २–१ को जित निकाल्न सफल भयो ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ००:३३
Loading...