दक्षिण अमेरिकी क्षेत्रका विश्वकप छनौट खेल लाइभ कसरी हेर्ने ?

एजेन्सी, असोज २३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि साउथ अमेरिकन क्षेत्रमा भोलिदेखि छनौट खेल हुँदैछन् । यी सबै खेल नेपाली समयअनुसार बिहानको समयमा हुनेछन् । अमेरिकी क्षेत्रमा कूल १० टिम छन् । र, यी सबैले एकअर्काविरुद्ध खेल्नेछन् ।

पहिलो चरणमा १० वटै टिमले सुरुआतका २–२ खेल खेल्नेछन् । त्यसपछि बाँकी खेल भने अर्को चरणमा मात्रै हुनेछन् । पहिलो चरणअन्तर्गत पहिलो दिन जम्मा ३ खेल हुनेछन् । जसमा लिओनल मेस्सीको टिम अर्जेन्टिना र लुइस स्वारेजको टिम उरुग्वेले पनि आ–आफ्नो खेल खेल्नेछन् ।

लाइभ कसरी हेर्ने ?

दक्षिण अमेरिकी क्षेत्रमा हुने विश्वकप छनौट खेलहरू विश्वका कतिपय देशहरूमा लाइभ प्रशाण हुनेछैनन् । भारत र सब–कन्टिनेन्ट क्षेत्रमा पनि यी खेल टिभी च्यानलमा लाइभ प्रशारण हुनेछैनन् । हालसम्म फिफा र कन्मेबलले यी क्षेत्रमा लाइभ प्रशारण अधिकार कसैलाई बेचेका छैनन् ।

तसर्थ, यी क्षेत्रका फुटबल फ्यानले छनौट खेल टिभी–च्यानलमा हेर्न पाउनेछैनन् । त्यसका लागि इन्टरनेट र विभिन्न मोबाइल एप्सहरूको प्रयोग गर्नुपर्ने हुन्छ । गुगल क्रुम ब्राउजरबाट डाउनलोड गर्नुपर्ने Wow Sports Live, Vola Sports र मोबाइलको प्ले स्टोरबाट डाउनलोड गर्नुपर्ने BD247 नामक एपले यी खेल लाइभ दिनेछन् ।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार १७:०७
Loading...