आज राति इंग्ल्यान्ड र वेल्सको रोमाञ्चक खेल हुँदै

काठमाडौं, असोज २२
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज राति केही रोमाञ्चक खेलहरू हुँदैछन् । त्यसमध्ये इंग्ल्यान्ड र वेल्सको खेल हेर्नलायक हुनेछ । युरोपियन लिगमा चर्चित खेलाडीहरू सम्मिलित यी दुवै टोली नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट भिड्नेछन् ।

यो खेलका लागि ह्यारी केनको टिमले ग्यारेथ बेलको टिमलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । बेल हालसालै स्पेनिस रियल मड्रिड छाडेर केनको क्लब टोटनह्याममा अनुबन्ध एका छन् । क्लबमा उनीहरूले सँगै नखेल्दै राष्ट्रिय टोलीमा एकअर्काविरुद्ध खल्ेन लागेका हुन् ।

यता, आजै राति अर्को खेलमा बेल्जियम र आइभरी कोस्को खेल पनि हुनेछ । यो खेल बेल्जियमको घरमा नेपाली समयअनुसार ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार १५:३३
Loading...