१६ वर्षीया किशोरी २४ घन्टाका लागि फिनल्यान्डकी प्रधानमन्त्रीमा नियुक्त !

एजेन्सी, असोज २२
फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो पद एक दिन अर्थात् २४ घन्टाका लागि मात्रै १६ वर्षीया किशोरीलाई जिम्मा दिएकी छन् । छोरीहरू अर्थात् बालिकाहरूको हक र अधिकारलाई प्रोत्साहन गर्न बुधबार मरिनले १६ वर्षकी आभा मुर्टोलाई निश्चित अवधिकाा लागि प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् ।

२४ घन्टाका लागि देशको सर्वोच्च कार्यकारी प्रमुख बनेकी आभा दक्षिणी फिनल्यान्डको भास्की सहरकी हुन् । पद सम्हालेपछि उनले पहिलो कार्यका रूपमा न्यायलयका कुलपतिसँग बैठकसमेत गरेकी छन् । त्यसपछि मिडियासँग कुराकानी गर्दै उनले २४ घन्टाका लागि भए पनि देशको कार्यकारी पद सम्हाल्दा एकदमै रमाइलो लागिरहेको अनुभूति सुनाइन् ।

आभा जलवायु परिवर्तन र मानवअधिकारसम्बन्धी अभियानमा अग्रसर रहँदै आएकी थिइन् । उनले दिउँसो सासंद र विकास तथा विदेश व्यापारमन्त्रीसँग अर्को बैठकसमेत गरिसकेकी छन् ।

प्लान इन्टरनेसनले आयोजना गरेको ‘गल्स टेकओभर’ अभियानअन्तर्गत सन्ना मरिनले मुर्टोलाई एक दिनमा लागि प्रधानमन्त्रीको पदमा रहेर काम गर्न अधिकारी दिएकी हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार टेक्नोलोजी कम्पनीमा बालिकाहरूका लागि अवसर तथा महिलामाथि हुने अनलाइन दुव्र्यवहारबारे जनचेतना जगाउन उनलाई एक दिनका लागि प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार १३:५२
Loading...