कतार विश्वकप छनौट : उरुग्वे र चिलीको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, असोज २२
दक्षिण अमेरिकी क्षेत्रका देशहरूले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छैनाट खेल नेपाली समयअनुसार भोलि बिहानबाट खेल्दैछन् । सो क्षेत्रको छनौट खेलअन्तर्गत दोस्रो खेलमा दुई बलिया टोलीहरू उरुग्वे र चिलीको रोमाञ्चक भिडन्त हुँदैछ ।

यो खेल नेपाली समयअनुसार भोलि (शुक्रबार बिहान) ठीक ४ः३० बजेबाट सुरु हुनेछ । छनौट चरणको पहिलो खेल खेल्न लुइस स्वारेजको टिम उरुग्वेले अर्टुरो भिडालको टिम चिलीलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । अमेरिकन क्षेत्रका दुई बलिया टोली पहिलो खेलमै भिड्न भएकाले सो खेल रोमाञ्चक बन्नेछ ।

छनौट चरणका खेल सुरु हुँदा पहिलो दिन जम्मा तीन खेल हुनेछन् । जसमा पराग्वे र पेरुको खेल पनि हुनेछ । त्यसैगरी, लिओनल मेस्सीको टिम अर्जेन्टिनाले पनि भोलि नै आफ्नो पहिलो खेल खेल्ने तालिका छ । पहिलो दिन हुने खेल नेपाली समयअनुसार यस्तो छ–

पराग्वे भर्सेस पेरू – शुक्रबार बिहान ४ः१५ बजे
उरुग्वे भर्सेस चिली – शुक्रबार बिहान ४ः३० बजे
अर्जेन्टिना भर्सेस इक्वेडर – शुक्रबार बिहान ६ः१५ बजे

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार १३:२६
Loading...