मेक्सिकोले नेदरल्यान्ड्सलाई उसकै घरमा हरायो

काठमाडौं, असोज २२
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेदरल्यान्ड्स आफ्नै घरमा पराजित भएको छ । गत राति भएको खेलमा पाहुना टोली मेक्सिकोले बलियो डच टिमलाई उसकै भूमिमा ०–१ ले स्तब्ध बनायो । प्रतिस्पर्धात्मक खेलमा मेक्सिकले १ मात्रै पेनाल्टी गोलको मदतमा जित निकालेको हो ।

आफ्नो घरमा नेदरल्यान्ड्सले कूल ४९ प्रतिशत बल आफ्नो पक्षमा राख्दा ६ पटक मात्रै आक्रण बुनेको थियो भने ३ पटक सही दिशामा होनको थियो । मेक्सिकोले ५१ प्रतिशत बल आफ्नो पक्षमा राखेर ८ पटक आक्रमण बुन्दा ३ पटक नै सही दिशामा हानेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोले खेलको ६०औं मिनेटमा पेनाल्टी पायो । जसमा स्टार फरवार्ड राउल जिमेन्जले कुनै गल्ती नगरी बललाई जाली चुमाएर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि बाँकी समयमा घरेलु टोली खेलमा फर्किन सकेन । र, खेल मेक्सिकोले ०–१ ले जित्यो ।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार ०४:११
Loading...