माल्डोभामाथि इटालीद्वारा गोलको वर्षा

काठमाडौं, असोज २२
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इटालीले फराकिलो जित निकालेको छ । गत राति आफ्नो घरेलु मैदानमा भएको खेलमा इटालीले माल्डोभालाई ६–० ले हरायो । आफ्नो घरमा इटालीलाई फराकिलो जित दिलाउनेक्रममा ३ जना खेलाडले १–१ गोल गर्दा स्टेफन इएल सारावेले २ गोल गरे भने १ गोल उपहारमा आयो ।

इटालीका लागि खेलको १८औं मिनेटमा ब्रायन क्रिस्टिआन्टेले गोल गर्दा २३औं मिनेटमा फ्रान्सेस्को कापुटोले गोल गरे । त्यसपछि ३०औं मिनेटमा स्टेफानो इएल सारावेले गोल गर्दा ३७औं मिनेटमा माल्डोभाले आफ्नै पोस्टमा गोल गरे । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा सारावेले नै गोल गरेपछि पहिलो हाफमा इटालीले ५–० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा इटालीले १ गोल थप्यो । खेलको ७२औं मिनेटमा डोमेनिको बेराडीले गोल गरेपछि खेल इटालीले ६–० ले जित्यो ।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार ०२:२४
Loading...